काठमाडौं- नेकपा एमालेकी सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णयले वीर अस्पतालको सेवा खस्किने बताएकी छन्। प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएकी हुन्।
उनले कोरोना महामारीको समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ प्रयोगशाला प्राविधिक तथा ७ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउन स्वास्थ्यमन्त्रीले निर्देशन दिएको भन्दै यसले गर्दा सेवा खस्किने बताइन्।
'३५० बेड रहेको वीर अस्पतालको बेड संख्या बढाएर ९ सय बनाइएको अवस्थामा सरकारको यो निर्णयले आम नागरिकहरु निजी अस्पताल जाने अवस्था सरकारले नै सृजना गरेको छ' उनले भनिन्, 'स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गरी सेवा प्रदान गर्ने अवसर दिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।'