काठमाडौं- आपत्कालिन पूर्व तयारीसम्बन्धी दुईदिने कार्यशाला काठमाडौंमा सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा राजधानीमा आइतबारदेखि कार्यशाला सुरु भएको हो।
कार्यशालामा स्वास्थ्य मन्त्रालयसहित विश्व स्वास्थ्य संगठन, कृषि, रक्षा, गृह मन्त्रालयका अधिकारी एवं नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र सरोकारवालाको सहभागिता रहेको छ।