काठमाडौं- रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)ले काठमाडौंको मिनभवन सेवा सदनलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ। केमसानले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा सामग्री हस्तान्तरण गरेको हो।
काठमाडौं महानगरपालिका वडा न. ३१ का अध्यक्ष सरोज ढकालले केमसानले मिनभवन सेवा सदनलाई आवश्यक सामग्री प्रदान गरेकोमा धन्यावद दिए।
त्यस्तैगरी केमसानले शान्तिनगरमा रहेको नि:सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहमा औषधि वितरण गरेको केमसानका अध्यक्ष भक्त हमालले जानकारी दिए।
यसैबीच केमसान १९ औं वर्षमा प्रवेश गरेको अवसरमा केमासनका पदाधिकारीसहित सहभागी हुँदै शनिबार त्रिपुरेश्वर क्षेत्रमा र्याली सहितको प्रभावतफरी गरिएको छ।