काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त समारोह सम्पन्न भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा दीक्षान्त समारोह भएको हो। समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जना दीक्षित भएका छन्।
डिएम कार्डियोलोजीमा ६ जना, डिएम ग्याष्ट्रोइाटेरेलोजीमा ६ जना, डिएम हेपाटोलोजीमा २ जना, डिएम मेडिकल अन्कोलोजीमा २ जना, डिएम नेफ्रोलोजीमा २जना, एमसीएच न्यूरोलोजीमा ५ जना, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३ जना, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ जना, एमसीएच युरोलोजीमा ४ जना दीक्षित भएका छन्।
त्यसैगरी एमडी एनेस्थेसियोलोजिस्ट ३१ जना, एमडी डर्काटोलोजीमा ६ जना, एमडीजीपी एण्ड ईएममा १२ जना, एमडी ईन्टर्नल मेडिसिनमा ३० जना, एमडी अब्स्ट्रेटिक एण्ड गाईनेकोलोजीमा ३२ जना, एमडी अप्थामोलोजीमा ४१ जना, एमडी पेडियाट्रिक २३ जना, एमडी प्याथोलोजीमा ६ जना, एमडी साईक्याट्रीमा ३ जना, एमडी रेडियसन अन्कोलोजीमा २ जना, एमडी रेडियोडाइग्नोसिस्मा १४ जना, एमएस जनरल सर्जरीमा २५ जना, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीमा १९ जना, एमएस अर्थोराइनोलर्याङ्गोलोजी एण्ड हेड एण्ड नेक सर्जरीमा ९ जना, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एण्ड इन्डोडेन्टिसमा ३ जना, एमडीएस ओरल एण्ड मेक्जिलोफेसियल सर्जरीमा २ जना, एमडिएस पेरियोडेन्टोलोजीमा एण्ड ओरल इम्प्लान्टोलोजीमा २ जना, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना र एमडीएस अर्थोडोन्टिसमा १ जना दीक्षित भएका छन्।
नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२ जन, एमएन-वुमन हेल्थ डेभलपमेन्ट नर्सिङमा १७ जना, बीएनएस क्रिटिकल केयर नर्सिङमा १३० जना, ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना दीक्षित भएका छन् भने बीएस्सी एमआईटीमा २२जना तता ब्याचलर्स अफ अप्ट्रोमेट्रि एण्ड भिन साइन्समा ३२ जना दीक्षित भएका छन्।
न्याम्सले आफनो शैक्षिक कार्यक्रम परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पाटन मानसिक अस्पताल तथा सिभिल अस्पताल वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल लगायतका अस्पतालहरुबाट सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत, शिक्षाध्यक्ष प्रा.डा लोचन कार्की, रजिस्ट्रार सहायक प्रा.डा ज्ञानेन्द्र शाह, सह-प्रा.डा डीन अशेष ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा आरपी बिच्छा लगायतको सहभागिता रहेको थियो।