काठमाडौं- मणिपाल अस्पतालका चिकित्सक कुटपिट तथा तोडफोड प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
बिरामीको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सकमाथि कुटपिट भएको थियो।
अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएकाकार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन्।
कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाले तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा रहेका बताए।