काठमाडौं- मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। इटली, युके, बेल्जियम, पाकिस्तान, इंडिया, नेपाल गरि विभिन्न देशमा विज्ञ टोलीको सहभागिता नेपालमा भव्य रूपमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो।
मुख तथा अनुहार शल्यचिकित्सा संघ नेपालका सूचना प्रचार प्रसार विभाग प्रमुख डा सुरेन्द्र आचार्यका अनुसार करिब दुई सय जना अनुहार शल्यचिकित्सकहरुको सहभागितामा उक्त सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा मुख्यतया अनुहार चोटपटक, कस्मेटिक सर्जरी, अनुहारको जोर्नी, मुख,टाउको तथा घाँटीको क्यान्सर, ओठ, तालु खुँडे, बाङ्गो टिङ्गो अनुहार तथा टाउको, अनुहार हड्डी, अत्याधुनिक डेन्टल इम्प्लान्टका विषयमा सम्मेलनमा छलफल भएको डा आचार्यले बताए।
मुख तथा अनुहार सर्जन, विद्यार्थी , डेन्टिस्ट, कस्मेटिक सर्जन, आँखा, नाक, कान, घाँटी विषेशज्ञ, प्लास्टिक सजर्न लगायतलाई लक्षित गरी उक्त सम्मेलन गरिएको थियो। बिरामीहरु समक्ष जनचेतना फैलाउनु, नयाँ प्रविधि तथा सामग्री प्रयोग गरि अन्तर्राष्ट्रिय स्तरको सेवा विस्तार गर्नु सम्मेलनको मुख्य लक्ष्य रहेको थियो।