काठमाडौं- मुख तथा अनुहारसम्बन्धी शल्य चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।
मुख तथा अनुहारको शल्यचिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो। दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धी विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रस्तुत गर्नेछन।
मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँनयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा किशोर भण्डारीले बताए।
उनले भने- ‘सम्मेलनमा हामीले संसारका यस विधाका विज्ञहरुलाई बोलाएका छौं। जसमा हाम्रो ६ विभिन्न देशहरुबाट नौं जनाको उपस्थिति रहेको छ। यसले अन्तर्राष्ट्रिय क्षेत्रका विशेषज्ञहरुसँग पनि सहकार्य गरेर शल्य चिकित्साको क्षेत्रमा काम गर्न सहज पनि हुने विश्वास लिएका छौं।’
अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन्।