धरान- धरान उप-महानगरपालिकाले डाक्टरको प्रेस्किप्सन हेरेर मात्रै औषधि विक्री गर्न मेडिकल, पोलिक्लिनिक तथा औषधि पसलहरुलाई निर्देशन दिएको छ।
प्रेस्किप्सन बिना विक्री वितरण हुने औषधिले मानव स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भन्दै यस्तो निर्देशन दिएको हो।
धरानका नगर प्रमुख हर्कराज राईले जारी गरेको सूचनामा डाक्टरको प्रेस्किप्सन बिना औषधि विक्री वितरण गर्न नपाईने भन्दै अनुगमनको क्रममा यदि यस्तो गरेको पाईए कानून बमोजिम हदै सम्मको कार्वाही हुने उल्लेख छ।