मुम्बइ- भारतीय फिल्म अभिनेत्रीले आमा बन्ने विषय र फिल्मलाई लिएर सम्झौता गर्ने गरेका छन्। भारतमा चलेका तीन अभिनेत्री र उनले गरेका तीनथरी सम्झौता यस्ता छन्:
माधुरीलाई शर्त 'नो प्रेग्नेन्सी'
फिल्म ‘खलनायक'को सुटिङका क्रममा सुभाष घईलाई लाग्यो- सुटिङकै क्रममा यदि माधुरी दिक्षिले विवाह गरेर गर्भवती भइन् भने ? यदि त्यसो भयो भने माधुरी फिल्म बीचमा छाडेर जानेछिन्।
त्यसपछि घईले दिक्षितलाई फिल्मका लागि गराएको करारमा 'नो प्रेग्नेन्सी' शर्त समेत घुसाएका थिए। यदि फिल्म सुटिङ नसकिदै माधुरी गर्भवती भएको अवस्थामा उनले जरिवाना भर्नुपर्ने त्यहाँ उल्लेख थियो।
निकालिइन् ऐश्वर्या
मधुर भंडारकरले ऐश्वर्या राय बच्चनलाई फिल्म 'हिरोइन'का लागि करार गरेका थिए। जब मधुरलाई ऐश्वर्या गर्भवती रहेको थाहा भयो- उनी रिसाए र फिल्मबाट निकालिदिए।
मधुरको भनाइअनुसार फिल्ममा अभिनेत्रीले धुम्रपान गर्नुपर्ने थियो, जुन गर्भवती महिलाका लागि सही हुँदैनथ्यो ।
उनलाई लाग्यो- ऐश्वर्या आफैं पनि इन्कार गर्नेछिन धुम्रपान गर्न। धुम्रपान हानिकारक हुने भएकाले गर्भवती ऐश्वर्यासँग आफूले काम नगरेको उनी बताउँछन्।
करिनालाई कुरे निर्माताले
फिल्म 'वीरे दी वेडिङ' को सुटिङ पहिले करिता गर्भवती भइन्। करिना कपुर फिल्म छाड्न तयार थिइन्।
उनी आफैंले आफ्नो ठाउँमा अरु कसैलाई लिन आग्रह गरिन्। तर, निर्माताले करिना नै सही हुने भन्दै उनको डेलिभरीसम्म कुरे र सुत्केरी अवस्था पार भएपछि सुटिङ गरियो।