काठमाडौं- सरकारले आन्दोलनरत डाक्टरहरुलाई वार्तामा बोलाएको छ।
कास्की, लमजुङ, मकवानपुर लगाएतका जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।
दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरुले बिहीबार पनि आन्दोलन गरिरहेका छन्।
बिहीबार शाँझ ५ बजे नेपाल चिकित्सक संघ र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ।