काठमाडौं- यही असोज १२ र १३ गते हुने भनिएको एनएमए नेशनल हेल्थ समिट स्थगित भएको छ। नेपाल चिकित्सक संघले काठमाडौंमा गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित भएको जनाएको छ।
'असोज १२ र १३ गते गर्ने भनिएको तेस्रो राष्ट्रिय शिखर सम्मेलन हाललाई अर्को सूचना सार्वजनिक नहुन्जेलसम्म स्थगित भएको छ', संघका महासचिव डा सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सम्मेलनको मिति निकट भविष्यमै तय गरिनेछ।'