काठमाडौं- नेपाल चिकित्सक संघले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको बताएको छ।
संघका महासचिव डा सन्जिब तिवारीले मंगलबार एक विज्ञप्ती जारी गर्दै सेवामा संलग्न व्यक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउन राज्य संवेदनशील नभएको उल्लेख गरेका छन्।
‘पोखरामा चिकित्सकमाथि भएको लाठीचार्ज तथा चिकित्सकहरुलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको छ,’ संघका विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउने कार्यमा राज्य संवेदनशील नभएकोले हालै देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघ ऐक्यवद्धता जाहेर गर्दछ।’