लमजुङ- लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीद अधिकारीलाई हातपात गर्ने व्यक्ति वेसीशहर नगरपालिका ७ का वडाध्यक्ष ऋषि बस्नेत पक्राउ परेका छन्।
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।
डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताए।
‘वडाध्यक्षज्यूले आमालाई उपचारका लागि अस्पताल लैजानुभएको रहेछ, उपचारका क्रममा विवाद हुँदा उहाँले डाक्टरलाई मोबाइलले प्रहार गर्नुभएको रहेछ, मापसे पनि गर्नुभएको रहेछ, मुक्का पनि प्रहार भएको भनेर डाक्टरहरुले भन्नुभएको छ,’ उनले भने।
घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो। तर, मिल्न नसकेपछि डाक्टरहरुले उजुरी दिने तयारी गरेको लमजुङ प्रहरीका सूचना अधिकारी चपाईंले बताए।