काठमाडौं– पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका छन्।
बिरामीको मृत्युको विषयलाई लिएर मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो।
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन्।
मणिपाल अस्पतालमा तोडफोड गर्दै डाक्टरमाथि आक्रमण गर्न थालेपछि अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।
आइतबार मात्रै जिल्ला अस्पताल लमजुङका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो। कुटपिटको आरोपमा ऋषि बस्नेतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।