काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा प्रकाश बुढाथोकी नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
डा बुढाथोकीले पत्र भने पाइनसकेको बताए।
'मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको भन्ने सुनेको छु, चिठी बुझ्न बाँकी छ' डा बुढाथोकीले स्वास्थ्यखबरसँग भने।
एघारौँ तहका डा बुढाथोकी केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट हुन्।