काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ। परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले अनुसन्धानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु गर्ने विषय उल्लेख छ। स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान गर्ने विषय पनि सम्झौतामा उल्लेख छ।
सम्झौतापछि उपकुलपति रावल र कार्यकारी सदस्य सचिव डा ज्ञवालीले स्वास्थ्य क्षेत्रको अनुसन्धानको दायरा बढाउँदै गएको जानकारी दिए।