काठमाडौं- वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ। यही असोज १ गतेदेखि प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुनेछ।
यस्तै सातामा तीन दिन युरोलोजीको ओपिडी सेवा संचालन हुने भएको छ। आइतबार, मंगलबार र बिहिबार यूरोलोजी ओपिडी सेवा संचालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।
यसैगरी सोमबार, बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने निर्देशक पौडेलले बताए।