काठमाडौं- डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले अगाडि सारेको आन्दोलनका कार्यक्रममा आवासीय चिकित्सकहरुले पनि ऐक्यवद्धता जनाएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने जानकारी दिएका हुन्।
उनीहरुले घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न स्थानीय प्रशासनबाट गम्भीरतापूर्वक नलिएको हुनाले यस्तो गम्भीर प्रकृतिका घटनाबाट भयवित भई असुरक्षित वातावरणमा आवासीय चिकित्सकले सेवा प्रवाह गर्न नसकिने जनाएका छन्।
हेरौं विज्ञप्ति