काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १२ बुँदे प्रश्नसहितको ज्ञापनपत्र बुझाएको छ।
समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी देशभित्र सञ्चालित रक्त व्यवस्थापनको क्षेत्रमा गरिनुपर्ने सुधारका पक्षहरू र हालसम्म सम्बोधन हुन नसकेका पक्षका विषयमा ध्यानाकर्षण गराएका हुन्।
ज्ञापनपत्र बुझेसँगै प्रधानमन्त्री दाहालले रगत व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न आश्वासन दिएको समाजका अध्यक्ष कर्माचार्यले जानकारी दिए।
ज्ञापन पत्र बुझाउन समाजका महासचिव कृष्ण चौहान क्षेत्री, केन्द्रीय सदस्यद्वय प्रवाशकुमार शाक्य, सुशील घर्ती, ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र स्टार्ट १८ स्टार्ट टीमका राष्ट्रिय संयोजक परभस जः आचाजु को टोली सहभागी थियो।
हेरौं ज्ञापनपत्र