काठमाडौं- औषधि व्यवस्था विभागले अस्पताल फार्मेसी बाहेक खुद्रा औषधि पसलमा बिक्रिवितरण हुन बाँकी रहेका ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू बिक्री वितरण नगर्न निर्देशन दिएको छ।
औषधि सल्लाहकार समितिको २४ साउनमा बसेको ५५ औ बैठकबाट ट्यापिनटेडल एकल तथा समिश्रण औषधिहरू सीमित स्थानहरूबाट मात्र वितरण गर्ने सन्दर्भमा निर्णय गरेको महानिर्देशक नारायणप्रसाद ढकालले बताए।
खुद्रा औषधि पसलमा बिक्री वितरण हुन बाँकी रहेका थोक विक्रेतालाई आजदेखि अबको तीन ३ महिना भित्र फिर्ता गर्न निर्देशन दिएको ढकालले बताए ।
उनले ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू खुद्रा औषधि पसलबाट विक्रि वितरण नगर्न अनुरोध गरे।