काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तारकेश्वरमा समायोजन, समायोजन मिलान र समायोजन संशोधन भएका कर्मचारीलाई कामकाजमा लगाउन निर्देशन दिएको छ। मंगलबार मन्त्रालयले तारकेश्वर नगरपालिकालाई पत्राचार गर्दै कामकाजमा लगाउन र तलब भत्ता अपुग भए माग गर्न भनेको छ।
‘समायोजन, समायोजन मिलान तथा समायोजन संशोधन भएका कर्मचारीहरुलाई यथावत रुपमा हाजिर गराई कामकाजमा लगाउनुहुन र तलब भत्ता नपुग भएमा (दोहोरो नपर्ने गरी)मात्र माग गर्नुहुन यस मन्त्रालयको मिति २०८०/०५/२६ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले तारकेश्वरलाई लेखेको पत्रमा उल्ल्ख छ।
तारकेश्वर नगरपालिकाको ११ भदौंको कार्यपालिका बैठकले कामकाजमा खटी आएका, समायोजन संशोधन भएर आएका र समायोजन मिलान भएर आएका स्वीकृती दरबन्दीभन्दा बढी कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो।