काठमाडौं- पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका छन्।
खोप सुरुवात गर्दै मन्त्री बस्नेतले सातैवटा प्रदेशमा सहज तवरबाट खोप वितरण गरिने बताए। क्यान्सर जस्तो जटिल रोग नलागोस् भन्ने उदेश्यले खोपको सुरुवात भएको बताए। गाभि लगाएतसँग कुराकानी भइरहेको भन्दे उनले ७७ वटै जिल्लाका किशोरीलाई खोप उपलब्ध हुनेगरी काम भइरहेको बताए।
एचपीभी खोप अभियान पहिलो चरणमा प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ।