काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिफोनमार्फत प्राप्त गुनासोलाई छिटो भन्दा छिटो सम्बोधन गर्न निर्देशन दिएको छ।
विभाग, अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्र लेख्दै मन्त्रालयले मन्त्रालय मातहतका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा सेवाग्राहीले टेलिफोन मार्फत केही जानकारी जानकारी लिन खोज्दा कार्यालयको टेलिफोन नउठने, उठेपनि राम्रो रेस्पान्स नहुने भन्ने उजुरीका प्राप्त भएको भन्दै छिटो भन्दा छिटो सम्बोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
'यस मन्त्रालय मातहतका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा समेत सेवाग्राहीले टेलिफोन मार्फत केही जानकारी जानकारी लिन खोज्दा कार्यालयको टेलिफोन नउठने, उठेपनि राम्रो रेस्पान्स नहुने भन्ने उजुरीका प्राप्त भएकोले तत्तत् निकायहरुबाट सेवाग्राहीहरुले टेलिफोन मार्फत जानकारी लिन व्यवस्थालाई सहज र प्रभावकरी बनाई सेवाग्राहीहरुको गुनासोलाई सम्भव भएसम्म छिटो व्यवस्थापन गर्ने गराउने व्यवस्था मिलाउनुहुन अनुरोध छ।' पत्रमा भनिएको छ।