काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् पदपूर्ति समितिको पदपुर्ति प्रक्रिया स्थगित भएको छ।
करार सेवामा लिइने पद र शैक्षिक योग्यताको विषयलाई लिई केही आवदेकहरूले गुनासो गेपछि अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएको पदपूर्ति समितिले जनाएको छ।
पद र शैक्षिक योग्यताको विषयलाई लिई केही आवदेकहरूले गुनासो गरेका हुँदा तत् सम्बनधमा आवश्यक अध्ययन गर्नुपर्ने देखिएकोले प्राविधिक कारणवश उक्त विज्ञापनको पदपूर्ति सम्बन्धी आवेदन फारम भर्ने र अन्य प्रकृया अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएको छ परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ।