काठमाडौं– मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी यादवको आज (मंगलबार) बिहान ८ बजे निधन भएको हो।
४४ वर्षीय यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन्। प्रदेश अस्पताल जनकपुरमा उनको उपचारका क्रममा निधन भएको हो।
स्वास्थ्यमा समस्या आएपछि १० दिनदेखि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। यादव समानुपातिक सांसद थिइन्। दोस्रो मधेस आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।