काठमाडौं- वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। श्रेष्ठको तिलगंगा आँखा प्रतिष्ठानमा देब्रो आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो।
श्रेष्ठको डा सन्दुक रुइत, डा रिता गुरुङ्ग र डा गोविन्द पौड्याल सहितको समूहले शल्यक्रिया गरेका हुन्। शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमा नै उत्पादितक इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया ३ महिना अगाडि गरिएको थियो।