काठमाडौं- पूर्व राष्ट्रपति डा रामवरण यादवसहित तीन जना भिआइपीको वीर अस्पतालमा उपचार भइरहेको छ।
पूर्व राष्ट्रपति यादवसहित कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र प्रसाद यादवको वीर अस्पतालमा उपचार भइरहेको छ।
पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन्।
यस्तै मन्त्री कार्कीलाई डेंगु संक्रमण देखिएको छ भने कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि बिगत ४ दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए।