काठमाडौं– नेप्लीज सोसाइटी फर प्राइमरी केयरले क्यान्सर रोकथामसम्बन्धी प्रिभेन्टिभ अंकोलोजी वर्कसप आयोजना गर्ने भएको छ। उक्त वर्कसप विराट मेडिकल कालेजमा संचालन गर्ने प्लानिङ कमिटीका डा हुलास अग्रवालले जानकारी दिए।
संचालन समीतिका सचिव डा पार्थ गुरागाइले क्यान्सर रोगले जटिल रूप लिनु अगाडि पता लगाउन सके अधिकांस क्यान्सार पूर्ण रुपमा नीको हुन सक्ने भएकोले क्यान्सर रोगको पहिचान गर्न आवश्यक भएको बताए।
प्राइमरी केयरमा काम गर्ने चिकित्सकहरुका लागि उक्त तालिम भाद्र २९ र ३० गते संचालन हुने डा गुरागाईंले जानकारी दिए। तालिममा पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, पाचन प्रणाली सबन्धी क्यान्सर तथा सुर्तीजनय पदार्थको सेवनका रोकथाम विधि सबन्धी तालिम दिइनेछ। डा बेबी भगत, डा अस्मिता रायमाझी, डा धरनीश झा तथा डा पार्थ गुरागाईंलाई वर्कशप संचालन समीतिमा चयन गरिएको छ।
नेपालका विभिन्न अस्पताल तथा भारतको एम्सका क्यान्सर रोग विशेषज्ञहरु उक्त वर्कशपमा तालिम प्रदान गर्ने छन्। डा अनील बिक्रम कार्की, डा सुलभ सपकोटा, डा मोना प्रियदर्शिनी डा रमेश श्रेष्ठ, डा श्रद्धा खड़का, डा बीबेक घोष, डा शिवराज शर्मा, डा जितेन्द्र लगायतका विशेषज्ञ चिकित्सकहरु प्रशिक्षकको रुपमा रहने छन्।