काठमाडौं- कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डा पोखरेललाई डीनमा नियुक्त गरेका हुन्।
प्रतिष्ठानका तत्कालिन डीन डा रमेश भ§राईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
नवनियुक्त डीन डा पोखरेल दन्त रोग विशेषज्ञ हुन्। उनी कान्तिपुर डेन्टल कलेजमा कार्यरत थिए। उनी नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन्।