काठमाडौं- इशान बाल तथा महिला अस्पतालले बसुन्धरास्थित एक्टिभ एकेडेमीमा निःशुल्क आँखा शिविर संचालन गरेको छ।
शनिबार सम्पन्न शिविरमा नर्सरीदेखि कक्षा १० सम्मका २११ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको थियो।
यस्तै ३८ जनालाई थप जाँचका लागि अस्पतालमा रिफर गरिएको कार्यकारी निर्देशन प्राडा रामनन्दन प्रसाद चौधरीले जानकारी दिए। अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार अस्पतालमै निःशुल्क आँखा शिविर संचालन गर्दै आएको छ।