काठमाडौं- कन्फेड्रेसन अफ मेडिकल एसोसिएसन अफ एसिया एन्ड ओसिनिया (सिएमएएओ) मा नेपालका तर्फबाट दुइवटा कार्यपत्र प्रस्तुत भएका छन्।
बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा नेपालका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सन्जिब तिवारीले बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका छन्।
डा कार्कीले नेपालमा प्राइमरी हेल्थ केयर स्टिमको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् भने महासचिव डा तिवारीले नेपाल चिकित्सक संघले संचालन गरेका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन्।
सम्मेलनबाट सिएमएएओमा नयाँ नेतृत्वसमेत चयन गरिनेछ।