काठमाडौं- उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन्।
प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि उनलाई बुधबार वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो।
मन्त्री खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार प्रोस्टेटको शल्यक्रिया गरिएको छ। अहिले खड्काकाे अवस्था सामान्य रहेको बिसीले जानकारी दिए।
‘प्रोस्टेटको शल्यक्रिया गरिसकिएको छ, उहाँको अवस्था सामान्य छ ’ उनले स्वास्थ्यखबरलाई भने।