काठमाडौं- इशान बाल तथा महिला अस्पतालले फिजीयोथेरापी शिविर संचालन गर्ने भएको छ। अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने भएको हो।
शिविर भदौ १७ देखि १९ गतेसम्म निःशुल्क रुपमा संचालन हुनेछ। अस्पतालको फिजीयोथेरापी विभागले संचालन गर्ने निःशुल्क परामर्श र उपचार सेवा प्रदान गरिने अस्पतालका जनरल मेनेजर भक्त बहादुर शाहीले बताए।
अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले शिविरमा डा कृष्णा झा नेतृत्वको टिमले ओपीडी नम्बर ५ मा सेवा दिने बताए। यससम्बन्धी जानकारीका लागि ९८१३९४९४७४५ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।