काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त भएकी छन्।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा थिइन्। यसअघि विभागको महानिर्देशकमा डा दिपेन्द्र रमण सिंह थिए।