काठमाडौं- गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्युसम्बन्धी छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ।
समितिको सदस्यमा अर्घाखाँची छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा विवेक खनाल, रेसुङ्गा नगरपालिकाका अधिकृत विनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन्। समितिले बुधबारबाट छानबिनको सुरु गरेको छ।
बालिकाका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन्। मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो।
यो पनि : उपचारका क्रममा बालिकाको ज्यान गएपछि गुल्मी अस्पतालमा तनाव