काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन / स्वीकृति प्राप्त ४९ कलेजले शैक्षिकशत्र २०८० / ०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट बञ्चित भएका छन्।
स्वास्थ्य तर्फका शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट सिट स्वीकृत नभएपछि ती शिक्षण संस्थाहरुको सिट निर्धारण नभएको हो।
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ। आयोगले सीटीईभीटीले पठाएको विवरणका आधारमा सिट निर्धारणका विषयमा निर्णय गरेको हो।
यो पनि: सीटीईभीटी अन्तर्गतका १९६ कलेजको सिट निर्धारण, कुन कलेजलाई कुन विषयमा कति?
आयोगको कार्यकारी समितिको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो।
यसअघि सीटीईभीटीले आयोगसँग परामर्श नै नगरी आफूखुसी भर्ना खुला गरेको थियो। त्यसपछि आयोगले पत्र काट्दै चिकित्सा शिक्षा ऐन अनुसार काम अगाडि बढाउन भनेको थियो।
सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरुको विवरण