काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वास्थ्य सतर्कता अपनाउन शिक्षा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरेको छ।
मुलुकमा मनसुनसँगै डेंगु तथा आँखा पाक्ने समस्या फैलिईरहेको कारण विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्यलाई असर पर्ने भएकोले शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूलाई प्रकोपको अवस्थामा सो रोगको लक्षणहरू, रोकथामका उपायहरू र सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेको छ।
मन्त्रलयले शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनमा निरन्तरताको लागि डेंगु र आखाँ पाक्ने समस्याको सतर्कताका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा तयार गरिएको शिक्षा, र सञ्चार सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई सुरक्षित रूपमा निरन्तरता दिन भनेको हो।