काठमाडौं– विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट हराएको नवजात शिशुलाई प्रहरीले उद्धार गरेको छ। बिक्री गरिएको अवस्थामा शिशुलाई कटहरी गाउँपालिका–२ बाट मंगलबार प्रहरीले उद्धार गरेको हो।
शिशुलाई बिक्री गरेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ। साथै युवतीका प्रमीलाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार डा कर्णकै संलग्नतामा शिशुलाई ५ लाख रुपैयाँमा बिक्री गरिएको खुलेको छ।
शिशुकी आमाले आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै दिएको जाहेरीका अनुसार प्रहरीले डा कर्णलाई पक्राउ गरेको थियो। गोविन्द राई पनि यो प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
प्रहरीको अनुसन्धानका क्रममा कटहरी–२ की दिलमाया राजवंशीलाई उनीहरुले बिक्री गरेको खुलेपछि प्रहरीले मंगलबार शिशुको उद्धार गरेको हो।
*यसअघि ५० हजार हुन गएकाले सच्याइएको छ। -सम्पादक