काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रिक्त पद विवरण उपलब्ध गराउन विभाग र मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ।
सोमबार पत्र लेख्दै तीन दिनभित्र रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो।
लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आव २०८०/८१ मा मन्त्रालय अन्तर्गत रिक्त रहेका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका रिक्त पद विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो।