काठमाडौं- साहारा फिजीयोथेरापी अस्पताल एण्ड ट्रेनिङ सेन्टरले आफ्ना बिमारीका लागि उत्पादन गरेका अर्थोसिसका सामानहरु राष्ट्रिय ट्रमा सेन्टरलाई हस्तान्तरण गरेको छ।
ट्रमा सेन्टरमा उपचाररत गरिब तथा असहाय बिमारीहरुलाई निःशुल्क उपलब्ध गराउने गरी तीन लाख ४२ हजार २५० मुल्य बराबरका सामग्रीहरु हस्तान्तरण गरिएको छ।
सामग्री गृहण गर्दै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ती सामाग्रीहरु गरिब तथा असहाय बिमारीहरुलाई निःशुल्क उपलब्ध गराइने जानकारी दिए।
उक्त सामग्रीबाट बिरामीहरुलाई उपचार प्रक्रियामा सहज हुने उनले बताए।