काठमाडौं– कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार ‘अचानक बिरामी’ परेकी छिन्। मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेश सभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी दनुवार ‘अचानक बिरामी’ परेकी हुन्।
उनी बिरामी बिदा लिएर सोमबार बिहान यति एयरलाइन्सको उडानमार्फत् विराटनगरबाट काठमाडौं उडेकी हुन्। तर काठमाडौंको कुन अस्पतालमा उपचार गर्दैछन् त्यो भने खुल्न सकेको छैन।
दनुवार काठमाडौं उडेपछि आज (सोमबार) बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुखले राजीनामा दिएर सरकारमा मन्त्री भएपछि बैठकको अध्यक्षता उपसभामुखले गरेकी थिइन्।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रमा उपसभामुख दनुवारले नै तोकादेश गरेकी थिइन्। उनले उक्त पत्र सोमबारको प्रदेश सभा बैठकमा प्रस्तुत गर्न भनेकी थिइन्।
उपसभामुखनै नहुने भएपछि बैठक स्थगित भएको कांग्रेस सचेतक भूपेन्द्र राईले बताए।
‘उपसभाखुले नै बोलाएको बैठक उहाँ नभएपछि नबस्ने भनेर अहिले बसेको कार्यव्यवस्था समितिको बैठकले निर्णय गरेको छ। त्रसपछि के गर्ने भन्ने छलफल गर्न पुन: १ बजे बैठक बोलाइएको छ,’ राईले भने।