काठमाडौं- दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालले ऐक्यबद्धता जनाएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले विश्व स्वास्थ्य संगठनद्वारा भारतमा आयोजनामा गरिएको दक्षिण-पूर्वी एशिया क्षेत्रका मुलुकहरूको गोष्ठीमा दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालको ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गरेका हुन्।
साथै मन्त्रीस्तरीय बैठकमा गान्धीनगर घोषणा पत्रमा हस्ताक्षर गर्ने क्रममा बस्नेतले नेपालबाट क्षयरोग अन्त्य गर्न गरेका प्रयास र प्रतिबद्धताबारे प्रस्तुतिकरण दिएका थिए।