काठमाडौं- देशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका लागि एक वर्षमा ७ अर्ब ३० करोड भन्दा बढी मूल्यका स्वास्थ्य सामग्री तथा उपकरणहरु भित्रिएको छ। गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न संस्थाले १७१ पटक उपकरण तथा स्वास्थ्य सामग्री नेपाल भित्र्याएका हुन्।
सरकारी, सामुदायिक र निजी अस्पताल तथा स्वास्थ्य संस्थादेखि अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले समेत उपकरणहरु नेपालमा ल्याएको देखिन्छ। नेपाल सरकारलाई अनुदानमा आएका उपकरणको मूल्य पनि यसमा समावेश गरिएको छ। यी सबै उपकरणमा स्वास्थ्य मन्त्रालयले राजश्व छुट दिएको छ।
गत आर्थिक वर्षमा सबैभन्दा पहिला शहीद गंगालाल अस्पतालले साउनमा ४ हजार ८० अमेरिकी डलरमा अक्सिजेनेटर खरिद गरेको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार अस्पतालहरुमा एमआरआइ मेसिनदेखि सिरिन्जहरु भित्रिएका छन्।
सबैभन्दा धेरै सरकारी स्वास्थ्य संस्थामा नै उपकरण तथा सामग्रीहरु आएको देखिन्छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक वर्षको अवधिमा सबै संस्थाको गरेर ७ अर्ब ३० करोड ७८ लाखका सामग्री भित्रिएका छन्।
हेरौं कुन संस्थामा के के उपकरण कति मूल्यका भित्रिए?