काठमाडौं- काठमाडौंको गोकणेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिन बन्द हुने भएका छन्।
विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए।
रिसालका अनुसार नगरपालिका अन्तरगतका शैक्षिक संस्थाहरु यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म बन्द हुने छन्।
नगरपालिकाले आँखा पाक्ने रोग देखिएपछि नगरबासीलाई निशुल्क शिविरसमेत संचालन गर्दै आएको छ।
नगर प्रमुख रिसालले बिरामीको संख्या अत्याधिक बढेकाले आँखा पाकेका बिरामीलाई मात्रै छुट्टै जाँच गर्ने र औषधि उपचारको व्यवस्था मिलाइएको बताए।