काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्यका कर्मचारीलाई आफ्नो दरबन्दी भएको ठाउँमा काज फिर्ता गर्न आग्रह गरेको छ।
बोर्डले निर्देशकस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार काजका स्वास्थ्यका कर्मचारीहरूलाई १५ भदौंभित्र दरबन्दी भएको ठाउँमा फिर्ता भइसक्न भनेको हो।
स्वास्थ्य बीमा बोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फर्किसक्न भनेको छ। काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको छ।
यस्तै, पाँचथर, सर्लाही, सप्तरी, दोलखा, लमजुङ, पर्वत, प्युठान, डोल्पा र डोटी जिल्लामा काजका स्वास्थ्यकर्मी मात्रै भएका कारण उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सोही ठाउँमा काम गर्न भनेको छ।