काठमाडौं- कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन्। आइतबार बिहान ओली निवास बालकोट पुगेर उनले यस्तो बताएका हुन्।
अर्को पार्टीको नेतालाई राजनेताको संज्ञा दिँदा अप्ठ्यारो लागेन? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘उहाँ राजनेता नै हो। मनैदेखि लागेको हो। भन्न अप्ठ्यारो छैन।’
ओलीले नक्कली शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ परेका शर्माको बचाउ गरेका छन्। उनको आवाजबाट सरकार तर्सिएको ओलीको भनाइ छ।