काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो। हाल आयोगको उपाध्यक्ष रहेका डा श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल यही भदौंमा सकिदै छ।
सरकारले आयोगको सदस्य पदमा नेपाली सेवा स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि गरेको छ।