काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिट गर्ने निर्णय गरेको छ। मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै प्रेस्किप्सनको अडिट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन उपचारात्मक महाशाखालाई पत्राचार गरेको छ।
प्रतिजैविक औषधि (एन्टीबायोटीक्स)हरु र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न मन्त्रालयले यस्तो निर्णय गरेको पत्रमा उल्लेख छ।
'हाल प्रतिजैविक औषधिहरु सजिलै उपलब्ध हुने गरेको र उक्त औषधिको दुरुपयोग भइ विभिन्न समस्याहरु समाना गर्नु परेको यथावत नै छ। साथै अनावश्यक रुपमा खाद्यपूरक औषधिहरुको पनि बढी मात्रामा बिक्री वितरण गर्ने गरेको हुँदा उक्त औषधिहरुको दुरुपयोग हुनलाई र यसबाट उत्पन्न समस्याहरुको रोकथामका लागि सम्बन्धित परिषदहरुसँग समन्वय गरी प्रेस्किप्सन अडिट गर्नुहुन मंगलबारको सचिवस्तरको निर्णयअनुसार जानकारीका लागि अनुरोध छ,' मन्त्रालयले उपचारात्मक महाशाखालाई लेखेको पत्रमा उल्लेख छ।
हेरौं पत्र