काठमाडौं- वीर अस्पतालमा भीभीआइपी र भीआइपीका लागि पाँचवटा क्याबिने छुट्याइने भएको छ। सोमबारदेखि सञ्चालन हुनेगरी पाँचवटा क्याबिन तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिएका छन्।
यसअघि वीरमा भीभीआइपीका लागि एउटा र भीआइपीका लागि एउटा क्याबिनको व्यवस्था थियो। त्यसैगरी विदेशमा उपचार गर्न जानुअघि सिफारिसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा भुपेन्द्र बस्नेत नेतृत्वको टिम बनाइँदैछ। विभिन्न क्षेत्रका विशेषज्ञहरुको टोली रहने मन्त्री बस्नेतले बताए। उक्त टिमको सिफारिसमा मात्रै उपचारका लागि भीभीआइपी र भीआइपी विदेशमा जान पाउनेछन्।
उनले भने, भीआइपी सरकारी खर्च गरेर विदेशमा उपचार गर्न गए भन्दै चाहिने भन्दा बढी बजार हल्ला ह्यान(त्यान आएकाले भीसीको नेतृत्वमा विशेषज्ञको टिम राखेर घोषणा गर्दैछौं।
उनले यसैगरी प्रदेशमा पनि टिम बनाउने बताए।