काठमाडौं- चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद अन्तर्गत स्तरोन्नति भएका २४ वटा कलेजलाई विभिन्न विषय अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगको साउन २ गते बसेको कार्यकारी समितिको बैठकले शैक्षिक वर्ष २०८०/८१ का लागि सिट निर्धारण गरेको हो।
आयोगले गत वर्ष स्तरोन्नति भएका तर पूर्वाधार नपुगेका कारण यी कलेजहरुको सिट निर्धारण गरेकव थिएन। तर यसपटक सीटीईभीटीले पूर्वाधार पूरा भएका लगायतका विषयहरुको पुष्ट्याई गर्दै आयोगमा सिट निर्धारणका लागि पत्र पठाएपछि आयोगले सिट निर्धारण गरेको हो।
कुन कलेजलाई कुन विषयमा कति सिट?